सडक मानवरहित उद्देश्यमा बर्दिबासमा देशैभरीका भक्तजन
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार ११:५८:६
♦ बिशाल बस्नेत
२८ साउन, महोत्तरी । हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भइरहेको शिव पुराण महायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ ।
सडक मानवरहित उदेश्यले आयोजना भईरहेको माहायज्ञको छैठौं दिनसम्म ६५ हजार भन्दा बढी मानिसहरू आएको आयोजक पक्षले जनाएको छ ।
कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिबास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् ।
वेवारिसे, तिरस्कृत भएका वृद्धहरू, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरू, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापनलाई लिएर बन्न लागेको आश्रयस्थलको लागि दाताहरुले समेत निक्कै चासो देखाएका छन ।
देशैभरिवाट आएका मानिसहरुले गरेको दानबाट अहिलेसम्म ८५ लाख भन्दा बढी संकलन भएको छ भने दान र सहयोग गर्नेहरूको संख्या बढिरहेको मुल आयोजक समितिको सचिवालयले जनाएको छ ।
१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएको उक्त माहायज्ञको मध्यान्तरसम्म आईपुग्दा अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सहयोग भइरहेको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
२१ गतेदेखि सुरु भएको माहायज्ञ २९ गते समापन हुँदै छ यो विचमा हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका छन ।
यही क्रममा शनिवार बेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने बताएका छन ।
त्यस्तै स्थानीय राजनीति दलहरूले पनि सडक मानवरहित उद्देश्यले निर्माण हुन् लागेको पवित्र कार्यमा हातेमालो रहने बताउदै नेपाली कांग्रेसले त कार्यकर्ताहरुलाई माहायज्ञ अवधिभर स्वयमसेवककोरुपमा खटिन विज्ञप्ति जारी गरेर निर्देशन नै दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार