७१ लाख बढीको सामान बोकेको ट्रक अमलेखगन्ज प्रहरीको नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १५:१७:२२
२८ साउन, काठमाडौं । बारा प्रहरीले वीरगन्जबाट चितवन जाँदै गरेको ट्रक नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा प्रहरीले बारा जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो।
उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान थिए।
ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए।
ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार