सरकारले कान्ता रिजालको नाम काटेर १७ राजदूतहरुको मात्र पठायो नाम
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १७:४:२२
२८ साउन, काठमाडौ । सरकारले राजदूतमा सिफारिस भएका १७ जनाको नाम संसदीय सुनुवाइको लागि संसद्को सार्वजनिक सुनुवाइ समितिमा पठाएको छ । मन्त्रिपरिषद्को साउन १४ मा बसेको बैठकले १८ मुलुकमा राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।
आइतबार पठाइएको सूचीमा अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी कान्ता रिजालको नाम भने छुटाइएको छ । उनको नाम संसदीय समितिमा पठाइएको छैन । परराष्ट्र मन्त्रालयमार्फत १७ मुलुकका लागि प्रस्तावित राजदूतहरुको नाम आएको संसद सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले भारतमा शंकर शर्मालाई नै निरन्तरता दिँदै चीनमा कृष्णप्रसाद ओली र अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको थियो । बेलायतमा पूर्वसचिव चन्द्रप्रसाद घिमिरे, साउदी अरबमा नरेशविक्रम ढकाल, इजरायलमा पद्मकन्या क्याम्पसका पूर्वप्रमुख धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा प्राध्यापक कपिल श्रेष्ठ, दक्षिण कोरियामा पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
यस्तै जर्मनीमा डा. शैल रूपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल, मलेसियामा नेत्र तिमिल्सिना, स्पेनमा सनिल नेपाल, श्रीलंकामा रामकृष्ण भट्टराई, पोर्चुगलमा सहसचिव प्रकाशमणि पौडेल, पाकिस्तानमा सहसचिव रिता धिताल, डेनमार्कमा सुम्निमा तुलाधर, कतारमा रमेशचन्द्र पौडेल र रुसमा जंगबहादुर चौहानलाई राजदूतमा सिफारिस गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले यसअघि इजरायलको लागि नेपालको राजदूत भइसकेकी कान्ता रिजालको नाम किन संसदीय सुनुवाईको लागि नपठाइएको भन्नेबारे केही खुलाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार