हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनःउडान गर्ने
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १९:५४:२०
२८ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सिधा उडान पुनःसञ्चालन गर्न लागेको हो ।
यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो । काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।
सुरुवातमा, एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्ति मार्फत जनाएको छ । काठमाडौँ–कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत–काठमाडौँ उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार