रक्षामन्त्री राईले गरे जङ्गी अड्डाको निरीक्षण
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार २०:३१:५
२८ साउन, काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताएका छन् । आज सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा उहाँले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गरे ।
रक्षामन्त्री राईले भने, “नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा सङ्गठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ । उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस् ।”रक्षा सचिव रामेश्वर दङ्गालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताए । उनले भने, “सेनाको कार्यजिम्मेवारी क्षमता थप अभिवृद्धि गर्न मन्त्रालयबाट प्राप्त साथ, सहयोगप्रति आभारी छौँ ।” त्यसअवसरमा रथीवृन्दका साथै रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृत सहभागी थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावः हिमाली भु–भागमा हिमपात, चिसो बढ्ने
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार