लमजुङमा रुखले किचेर महिलाको मृत्यु
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार २१:४८:५७
२८ साउन, लमजुङ । लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।
पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ । प्रहरी निरीक्षक चपाईंका अनुसार शव परीक्षण गर्न बेंसीसहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल ल्याइँदै छ । मृतक मिश्रकी श्रीमान् र तीन छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
सन् २०२४ ले गुमाएका चर्चित व्यक्तित्व
पुष १९, २०८१ शुक्रबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार