अष्ट्रेलियाका प्रस्तावित राजदूत कान्ता रिजालको सिफारिस धरापमा
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार २२:५२:३३
२८ साउन, काठमाडौं । इजरायलको राजदूत हुँदा आफैसँग गएका व्यक्तिलाई उतै छाडेर आएको आरोपमा कान्ता रिजालको अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत पद खोसिने निश्चित भएको छ । इजरायलमै अर्दली (निजी सहयोगी) छाडेर आउने अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत कान्ता रिजालको नाम संसदीय सुनुवाईका लागि परराष्ट्र मन्त्रालयले नपठाएपछि उनको राजदूत पद धरापमा परेको हो ।
व्यवस्थापिका संसद् सचिवालय उच्च स्रोतका अनुसार अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी भनिएकी रिजालको नाम सरकारले संसदीय सुनुवाईका लागि पठाएको छैन । ‘उहाँको बारेमा यसअघि नै उजुरी परेको थियो, त्यो विषयमा अनुसन्धान हुँदै गर्दा राजदूतका लागि सिफारिस आयो, अहिलेलाई मन्त्रालयले उनका नाम पठाएको छैन’, परराष्ट्र स्रोतले भन्यो ।
१७ जना प्रस्तावित राजदूतको नाम मात्र आएको संसद् सचिवालयले पठाएको छ । त्यसमा अस्ट्रेलियाकालागि प्रस्तावित राजदूत रिजालको नाम नरहेको संसद् सचिवालयले जनाएको छ । रिजाललाई इजरायलको राजदूतबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो। इजरायलबाट फिर्ता आउँदा उनले अर्दली भने उतै छाडेर आएकी थिइन ।
इजरायल सरकारले अर्दली छाडेको विषयमा त्यहाँस्थित नेपाली राजदूतवास मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएको थियो । उक्त विषयलाई परराष्ट्र मन्त्रालय भने गुपचुप पार्न खोजेको देखिन्छ । यो विषयमा सरकारले तत्काल छानबिन गरेर दोषी देखिए रिजालमाथि आवश्यक कारबाही गर्ने जनाइएको छ । राजदूत रिजालले अर्दली इजरायलमै छाडेर आएको विषयले नेपालको छबिमाथि नकरात्मक असर परेको छ ।
इजरायली सरकारले नै चासो दिएका कारण त्यहाँस्थित दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेको हुन सक्ने स्रोतको दावी छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राजदूत रिजालका श्रीमान् कृष्णप्रसाद दुवाडी ( पूर्वसहसचिव) साउदी अरबको दुई कार्यकाल श्रम सहचारी भएर काम गरिसकेका व्यक्ति हुन् । दवाडीले पनि यसअघि त्यसैगरेको हुनसक्ने मन्त्रालयको शंका गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार