बंगलादेशका राजनीतिक दलले सरकार प्रमुख युनुसलाइ भने, 'निर्वाचनकाे वातावरण बनाउनुहाेस्'
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार ८:५:३७
२९ साउन, ढाका । बंगलादेशको राजनीतिक दलले अविलम्ब निर्वाचनका वातावरण बनाउन सरकार प्रमुख माेहम्मद युनुससँग आग्रह गरेका छन् । राजधानीको स्टेट गेस्ट हाउस जमुनामा मुख्य सल्लाहकार र बिएनपीका वरिष्ठ नेताहरूबीच भएको भेटमा साे अनुराेध गरिएकाे हाे ।
बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले सोमबार डा मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई राष्ट्रिय निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएको बताएका छन् । उनले भने, ‘हामीले यो अन्तरिम सरकारलाई निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन आवश्यक समय दिएका छौं । मिर्जा फखरुलले वर्तमान अन्तरिम सरकारका सबै काम कारवाहीमा आफ्नो पार्टीले पूर्ण सहयोग गरिरहेको बताए ।
बैठकमा बिएनपीका स्थायी समिति सदस्य खन्दकर मोसर्रेफ हुसेन, मिर्जा अब्बास, डा अब्दुल मोइन खान, नजरुल इस्लाम खान, सलाहुद्दीन अहमद, अमिर खसरु महमुद चौधरी, सेलिमा रहमान र जमिरुद्दीन सिरकार पनि सहभागी थिए ।
विद्यार्थी नेतृत्वको जनआन्दोलनको सामना गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । अगस्त ८ मा सरकार गठन भएयता अन्तरिम सरकार प्रमुख र बिएनपी नेताहरुबीचको यो पहिलो औपचारिक भेट हो ।
तर उनीहरुले यसअघि नै निर्वाचनको उचित वातावरण बनाउन समय लाग्ने बताएका थिए । ‘हामीले समय दिएका छौं,’ उनले भने, ‘आगामी पुस्ताको निर्वाचनको व्यवस्था गर्न बिएनपीले कुनै निश्चित समयावधि तोकेको छैन ।'
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार