पाकिस्तानी इतिहासमा पहिलो पटक गुप्तचर प्रमुख पक्राउ
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार ९:२:१३
२९ साउन, इस्लामबाद। पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन । पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्त १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।
पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथि कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिँदै आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो।
गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो।
फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन्। उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।
फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमीशन भएका थिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार