बैंकले जफत गर्यो बलिउड अभिनेता राजपाल यादवको करोडौं सम्पत्ती
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार ९:३४:२
२९ साउन, मुम्बई । बलिउड सिनेमाका पारखीले राजपाल यादवलाई नचिन्ने कमै होलान । उनले बलिउड सिनेमामा गरेको कमेडीहरु अझै पनि उत्तिकै ब्लकबस्टर र यादगर रहेका छन । जसलाई राजपाल यादवको कमेडी हेरेको छ, सम्भवतः उनलाई कसैले पनि भुल्न सक्दैन् ।
तर, के तपाईलाई थाहा छ, उनै लोकप्रिय कलाकार यादव भने जेल यात्रामा पनि जानु परेको थियो, बैंकले बलिउड अभिनेता राजपाल यादवको करोडौंको सम्पत्ति हालै जफत गरेको थियो । यो मामला सन् २०१२ मा रिलिज भएको अभिनेताको फिल्म ‘आता पता लपता’सँग सम्बन्धित छ । यो चलचित्रलाई राजपालले निर्देशन गरेका थिए भने उनकी पत्नी राधा यादव निर्माता थिइन् ।
फिल्मका लागि राजपालले सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईको बान्द्रा शाखाबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । अब ऋण तिर्न नसके पछि बैंकले शाहजहापुरको सेठ इन्क्लेभमा रहेको उनको करोडौंको सम्पत्ति जफत गरेको छ ।
मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने, मुम्बईबाट सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरू दुई दिन अघि शाहजहाँपुर पुगेका थिए। आइतबार राजपालको सम्पत्तिमा बैंकको ब्यानर टाँसिएको थियो । यसमा लेखिएको छ कि यो सम्पत्ति भारतको केन्द्रीय बैंक मुम्बईको हो र यसमा कुनै पनि प्रकारको खरिद बिक्री गर्नु हुँदैन। सोमबार बिहान सेन्ट्रल बैंक अफ इन्डिया मुम्बईका अधिकारीहरू पुगेर उक्त सम्पत्ति कब्जामा लिएका थिए।
यसअघि सन् २०१८ मा पनि यस मुद्दामा राजपालले ३ महिना जेल परेका थिए । दिल्लीस्थित कम्पनी मुरली प्रोजेक्ट्सले राजपाल यादवको कम्पनी श्री नौरङ गोदावरी इन्टरटेनमेन्टविरुद्ध सिभिल मुद्दा दायर गरेको थियो । राजकुमारले सन् २०१० मा यो ऋण लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी
माघ ६, २०८१ आइतबार
सन् २०२४ मा मनोरञ्जन क्षेत्र, स्वीफ्टोनोमिक्सदेखि कोरियन सङ्गीतको सफलतासम्म
पुष १७, २०८१ बुधबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार