प्रतिवेदन बनाउन भदौ ७ सम्म कांग्रेस बैठक स्थगित
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १०:५८:३४
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भदौ ७ गतेसम्म १० दिनका लागि स्थगित गरिएको छ । महासमितिको बैठकबाट आएका विषय र केन्द्रीय समिति बैठकमा नेताहरुले राखेका धारणालाई समेटेर प्रतिवेदन बनाउन बैठक १० दिन स्थगित गरिएको हो ।
गत बुधबारदेखि सुरु भएको बैठक सोमबारसम्म चलेर ७ भदौमा पुनः बस्ने गरी स्थगित भएको हो । यसबीचमा कांग्रेसले धारणाहरु समेटेर प्रतिवेदनमा समावेश गर्नेछ । केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक प्रतिवेदन पेश गरेका थिए ।
महासमिति बैठकको सुझाव र बदलिएको राजनीतिक घटनाक्रम अनुसार तीन नेताले प्रतिवेदन पनि संशोधन सहित पेश गरेका थिए । पाँच दिन बैठक बसेर ७ भदौसम्मका लागि सारिएको छ । संसद र संसदीय समिति बैठक परेकाले ७ भदौसम्मका लागि पार्टी बैठक स्थगित गरिएको कांग्रेसले जनाएकोे छ ।
सोमबारसम्म अधिकांश केन्द्रीय समितिले बोलेर सकेका छन् । केही पूर्व पदाधिकारी सहित वर्तमान पदाधिकारीका बोल्न बाँकी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द
पुष २३, २०८१ मंगलबार
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
पुष २३, २०८१ मंगलबार
मंगलबार बिहानको भूकम्पले नेपालमा पुर्याएको क्षति बुझ्न सशस्त्रले खटायो २५०० जनशक्ति
पुष २३, २०८१ मंगलबार
राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएको संसदलाइ बल्ल दिइयो जानकारी
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
के तपाईलाई अत्यधिक रिस उठ्छ ? त्यसो भए यी कुरा जान्नुहोस्
पुष २३, २०८१ मंगलबार