बंगलादेशी चलचित्र अश्लीलता र नक्कलले भरिपूर्ण, सुधार गर्न हसिनाले दिएकी थिइन ७ सय करोड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार ११:३:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/ovie_lnJi0ibqR5_kKvahcNYfz.jpg)
२९ साउन, ढाका । बंगलादेशमा विदेशी फिल्म माथि प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो ।
सन १९७१ मा विदेशी फिल्म माथि लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरुख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालीन हसिना सरकारले सिनेमामा उद्धार नीति लिएको थियो । बंगलादेशका ४१ थिएटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोड कमाएको थियो ।
यसरी विदेशी सिनेमा माथि प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका सिनेमा उदाेग ध्वस्त हुँदै जानु थियो । ‘अश्लीलता र नक्कल’ कारण बदनाम हुदैँ ‘बलिउड’ सिनेमाका कारण दुई दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तीनीहरूलाइ शपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो ।
खासमा बंगलादेशी चलचित्र उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । बगलादेशको चलचित्र उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि बलिउड सिनेमाले अश्लीलता र नक्कलको सहारा लिनु परेको चलचित्र विश्लेषकहरु बताउँछन् । तर, सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार गरियो ।
चलचित्र क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश चलचित्र विकास निगमको पनि स्थापना भएको थियो। लामो समयदेखि सरकारले हरेक वर्ष केही चलचित्रलाई अनुदान पनि दिने गरेको छ ।
गत वर्ष नै शेख हसिनाले फिल्म निर्माताहरुलाई राम्रो सिनेमा बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा सिनेमाको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माताहरू फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसका कारण बंगलादेशमा चलचित्रको भविष्यमाथि संकट गहिरिँदै गएको अवस्था थियो ।
शेख हसिनाले पनि २०२२ मा देशमा सिनेमा हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोडको कोष घोषणा गरेकी थिइन्।
अश्लील चलचित्रका कारण १००0 सिनेमा हल बन्द
बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी सिनेमालाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्महरू विरुद्ध आन्दोलन सुरु भयो।
चलचित्र विकास संस्थान अगाडि कलाकारहरुले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी सिनेमा अन्ततः २००७ मा अश्लील चलचित्रहरूको चंगुलबाट मुक्त हुन पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार
कल्की निर्देशकले नयाँ फिल्ममा आलिया भट्टलाई लिने
फागुन ४, २०८१ आइतबार
सनी देओलको १९९६ को ‘घातक’ फेब्रुअरी अन्तमा पुनः रिलिज हुने
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार