मौरिससबाट महिला फर्केपछि समातिए वृद्धिराज, निजी जलविद्युतका लगानीकर्तामा त्रास
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १२:१३:३५
२९ साउन, काठमाडौं । वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने लोभमा परेकी एक महिलाले झापाका एक व्यक्तिलाई पक्राउ गरेपछि जलविद्युत लगानीकर्ताबीच चर्चा भएको छ । मौरिसस पुगेकी ती महिला चरम यौन तथा श्रम शोषणमा परेपछि नेपाल फर्केर झापाका वृद्धिराज न्यौपानेलाई उजुरी दिएपछि नीजि जलविद्युत लगानीकर्ताहरुबीच चर्चाको विषय बनेको छ ।
मौरिससमा जलविद्युतको क्षेत्रमा लगानी गर्नेहरु पनि जोडिएकाले बढी चर्चा भएको हो । ‘हाम्रा केही साथीहरु पनि मौरिसससँग नजिकको सम्बन्ध रहेको छ, न्यौपाने पक्राउ परेपछि चर्चा हुनु स्वाभाविक हो’, एक लगानीकर्ताले भने । लामो यातनापछि उनी भागेर नेपालीहरूकै सहयोगमा घर फिर्ता हुन सफल भएपछि उनले झापाका ती व्यक्तिलाई पक्राउ गराएकी थिइन । उनी यौन र श्रम शोषणमा परेर विक्षिप्त भएर नेपाल फर्केकी थिइन् । नेपाल फर्किएपछि उनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा उक्त घटनामा संलग्न रहेको आरोपमा झापाका ५४ वर्षीय वृद्धिराज न्यौपानेलाई पक्राउ गराएकी थिइन ।
काठमाडौँ महानगरपालिका–७ गौरीघाटबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान थालिएको छ । अभियुक्त न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी पीडित महिलालाई मौरिससमा मासिक ७० हजार कमाइ हुने र ग्रीनकार्डसमेत पाइने प्रलोभनमा विश्वास दिलाएर मौरिसस पु¥याएका थिए । उनले त्यहाँ पुग्नका लागि भन्दै पीडितबाट दुई लाख ५० हजार लिएका अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
सुरुमा उनले गत माघमा मौरिसस पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मौरिसस लेखिएको टोपी लगाउन लगाई फोटो खिचे । पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाएका थिए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पु¥याएका थिए । त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई रिसिभ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएको थिए ।
मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरुप खरिद गरी ल्याएको भनी दैनिक १७–१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले प्रहरीमा जाहेरी दिएका थिए । पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भनेबमोजिम गर्न भनी डर, धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
चोरीका घटनामा संलग्न भारतीय नागरिक पक्राउ
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार