नबिल बैंकको नबिल एसएसई फेलोसिपमा चौथो चरणको आवेदन खुला
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १४:५:४१
२९ साउन, काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रम(२०२४ का लागि आवेदन खुला गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको जनाएको छ ।
सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौसम्म आवेदन दिन सक्नेछन् ।
बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सिप तथा तालिमको खोजीमा रहेका उद्यमीलाई निःशुल्क तालिमका लागि आवेदन खुला गरेको हो ।
इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध फारम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने छन् । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।
यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् ।
तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।
हालसम्म नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।
यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरूको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार
प्रहरीले दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गरायो
मंसिर ११, २०८१ मंगलबार
भक्तपुरमा राजश्व संकलन गत वर्षभन्दा राम्रो
मंसिर ११, २०८१ मंगलबार
आरबीआईका गभर्नर शक्तिकान्त दास अस्पताल भर्ना
मंसिर ११, २०८१ मंगलबार