हसिनाविरुद्ध बंगलादेशको अदालतमा पहिलो मुद्दा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १६:५६:५
२९ साउन, ढाका । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जना विरुद्धको मुद्दा दर्ता गरिदिएको छ । राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो।
अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई आदेशसमेत दिएको छ। ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेट (सीएमएम)अदालतका मजिस्ट्रेट राजेश चौधरीले दिउँसो उक्त आदेश दिएको ढाका ट्रिब्युनले जानकारी दिएको छ ।
दण्ड संहिताको धारा ३०२ बमोजिम मुद्दाको संज्ञान लिएकोले अभियुक्तहरू विरुद्ध पक्राउ पूर्जी जारी गरिने ब्यवस्था छ । हसिना स्वदेश फर्किएमा यही मुद्दाका कारण पक्राउ पर्न सक्ने छिन् ।
अन्य अभियुक्तहरुमा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल, पूर्व प्रहरी महानिरीक्षक ९आईजीपी० चौधरी अब्दुल्लाह अल मामुन, पूर्व डीबी प्रमुख हरुनोर रशीद, पूर्व डीएमपी आयुक्त हबिबुर रहमान र पूर्व डीएमपी संयुक्त आयुक्त विप्लव कुमार सरकार रहेका छन्।
यसका साथै धेरै अज्ञात उच्च प्रहरी अधिकारी र सरकारी अधिकारीहरू पनि मुद्दामा अभियुक्त रहेका बुझिएको छ । यसअघि मोहम्मदपुर निवासी अमिर हम्जा शातिलले सीएमएम अदालतमा मुद्दा दायर गरेका थिए।
हम्जा बोसिलामा कोटा सुधार आन्दोलनको समर्थनमा जुलुसका क्रममा प्रहरीको गोलीबाट मारिएका किराना पसलका मालिक अबु सइदका शुभचिन्तक हुन्। हम्जाले भने कि सैद घनिष्ठ मित्र नभए पनि बंगलादेशको नागरिकको रूपमा मुद्दा दायर गर्न स्वेच्छाले उजुरी दिएका हुन्। सैदको परिवार पञ्चगढको बोडा उप जिल्लामा बस्छ।
कोटा सुधार आन्दोलनका क्रममा नागरिकको ज्यान गएको चर्को विरोधको सामना गर्दै अगस्त ५ मा देश छोडेर भागेकी शेख हसिनाविरुद्धको यो पहिलो मुद्दा हो ।
सोमबार, युवा तथा खेलकुद सल्लाहकार आसिफ महमुदले कोटा सुधार आन्दोलनका पीडितहरूलाई बंगलादेशभर आक्रमणकारीहरू विरुद्ध मुद्दा दायर गर्न आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमालेको संकल्प
मंसिर ३०, २०८१ आइतबार