नारायणी रङ्गशालाका लागि आवश्यक बजेट व्यवस्था गर्न खेलकुद मन्त्रीलाई खानेपानी मन्त्री यादवको आग्रह
आबिद हुसेन
साउन २९, २०८१ मंगलबार १६:५८:४४
२९ साउन, वीरगन्ज । नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले आज युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीसँग भेट गर्दै गृह नगर वीरगञ्जस्थित नारायणी रङ्गशालाको जीर्णोद्धार र पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
मंगलबार पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहको नेतृत्वमा रहेको टोलीसहित युवा तथा खेलकुद मन्त्रालय पुगेका मन्त्री यादवले वीरगञ्जको गौरवशाली इतिहास र पहिचानसँग जोडिएको नारायणी रङ्गशालाको महत्त्वलाई औँल्याउँदै यसको शीघ्र जीर्णोद्धार र पुनर्निर्माणको आवश्यकता रहेको बताए ।
छलफलका क्रममा मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग पनि रङ्गशालाका लागि बजेट व्यवस्थापनको विषयमा छलफल गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले रङ्गशालाको पुनर्निर्माणले स्थानीय खेलकुद गतिविधिको प्रवर्द्धन गर्नुका साथै क्षेत्रीय खेलकुद पर्यटनको विकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
मन्त्री यादवले नारायणी रङ्गशालाको जीर्णोद्धारका लागि जग्गा विवाद समाधान गर्न आवश्यक मुआब्जा वितरण प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको थियो । यसका लागि उनले अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रस्ताव राखे।
जवाफमा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरीले वीरगञ्जको इतिहाससँग जोडिएको नारायणी रङ्गशालाको पुनर्निर्माणका लागि आफूले हरेक सम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, जग्गा विवाद समाधान गर्न मुआब्जा वितरण प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग समन्वय गर्ने उनले बताए ।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले मन्त्री यादवको प्रयासले रङ्गशालाको पुनर्निर्माणमा सकारात्मक प्रतिफल दिनेमा विश्वास व्यक्त गरे ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार
तराई तथा काठमाडौं उपत्यकामा हुस्सु, अन्य ठाउँको मौसम कस्तो रहला ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार