देशमा केहि हुँदैन भन्ने युवाहरुको भाष्य गलत हो, सरकारले उनीहरुका लागि उचित नीति ल्याउनुपर्छः कोइराला

नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १८:१७:२९

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले देशका युवाहरूले राज्यमा केही भएन र हुँदैन भन्ने कुरा गर्न नमिल्ने बताएका छन् । उनले युवाले नेपालमा केही भएन भनेर गलत भाष्य खडा गरिरहेको भन्दै यसलाई चिर्न सरकारले युवा अनुकूल नीति बनाउन आवश्यक भएको बताएका छन् । कोइरालाले अहिले दुई तिहाइको सरकार भएकाले युवा लक्षित नीति र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फोरएच नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले युवाहरूका लागि उद्यमशीलतामा विकास गर्न सरकारले योजना बनाउनुपर्ने बताए । उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेको भन्दै यसलाई रोक्न युवाहरू नै सक्रिय हुन आवश्यक भएको बताए । कोइरालाले युवाहरूले पनि देशलाई अगाडि लान सकिने योजना बनाउन सक्ने भन्दै उनीहरुका योजनालाई राज्य आत्मसाथ गर्नुपर्ने बताए ।
कोइरालाले युवालाई देशमा रोक्न र यही केही छ भनेर उत्प्रेरणा दिने काम उसको परिवारले पनि गर्न पर्ने बताए । परिवार देशप्रति चिन्तित नभए देश नबन्ने उनको भनाइ छ । नेपालमा युवालाई विकासमा सहभागी बनाउन शिक्षा नीतिमा परिमार्जन गर्न आवश्यक भएको बताए । शिक्षा व्यवहारिक नभएका कारण पनि अहिलेका युवाहरूले आफूले खोजे अनुसारको अवसर पाउन नसकेको बताए ।
उनले नेपालबाट विदेशिने युवाका विषयमा मात्र नभएर विदेशबाट नेपाल फर्किएको युवाहरूका लागि राज्यले फोकस गर्नुपर्ने समय आएको बताए । विदेशबाट युवाहरू सीप लिएर आएका छन् । उनीहरुलाई त्यो सीप उद्यममा बदल्नका लागि आवश्यक लगानी राज्य गरिदिनुपर्ने उनको भनाइ थियो । युवाले नेपालमा केही भएन भन्ने भनाइले विदेशमा पनि राम्रो सन्देश नगएको भन्दै कोइरालले देशको भविश्य हाम्रो हातमा छ भनेर युवा अगाडी आउनुपर्ने बताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले युवालाई राज्यको स्रोत र शक्ति बनाउने कुरामा उसको परिवार लाग्नुपर्ने बताइन । उनले हरेका परिवारमा आफ्नो बच्चालाई स्कुल पढ्दा देखिनै विदेश जानुपर्छ भनेर सिकाइएकाले सबैको ध्यान विदेश भएको बताइन् । झाक्रीले देशका विषयमा अब युवाहरूले चिन्ता लिएर अगाडी आउनुपर्ने र दोस्रो पुस्ताका नेतालाई नीति निर्माण सघाउनुपर्ने बताइन् ।
उनले देशमा युवाका लागि भनेर राज्यले केहि लगानी गरे पनि त्यसमा वास्तविक पक्षभन्दा पनि विचौलियााले फाइदा लिएको बताइन । उनले युवा र कृषिका क्षेत्रमा विदेशबाट ऋण लिएर पनि राज्यले लगानी गरेको तर, त्यो उचित क्षेत्रमा नपुगेकाले तलैबाट सुधार गर्न आवश्यक भएको बताइन । नेकपा एमालेका नेता दिपकप्रकाश भट्टले अहिलेको पुस्तालाई देश विकास र राज्य व्यवस्थाका विषयमा जानकारी दिएर बदलिँदो परिवेस अनुसार युवालाई ढाल्न सक्ने नीति र कार्यक्रम ल्याउन आवश्य भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः यी क्षेत्रमा वर्षा र हिमपात हुने
फागुन ९, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर