जसपा नेपालका केन्द्रीय सदस्यलाई संघीय प्रणालीबारे प्रशिक्षण
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १९:५३:५९
२९ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको जारी केन्द्रीय समिति बैठकमा सङ्घीय प्रणालीको अभ्यास र महत्वबारे नेताहरुलाई प्रशिक्षण दिइएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा गत आइतबारदेखि सुरु भएको बैठकको तेस्रो दिन आज राष्ट्रियसभाका सांसद डा खिमलाल देवकोटाले सङ्घीय प्रणालीको अभ्यास, आवश्यकता, महत्व र यसको कार्यान्वयनको चरणलगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएको जसपा नेपालले जनाएको छ ।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले बैठकमा प्रस्तुत गरेको राजनीति प्रतिवेदनमाथि छलफल सुरु भएको थियो । देशैभरिबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको रायसुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको छ । अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेको थियो । प्रस्तावमा सङ्घीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषय उल्लेख छन् । साथै सङ्गठन निर्माण अभियान चलाउने प्रस्तावसमेत छ ।
जनकपुरधाममा सम्पन्न एकताको प्रथम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको साउन २७ गतेदेखि सुरु भएको पहिलो बैठक बुधबार सम्पन्न हुनेछ । यसअघि सोमबार राजनीति विष्लेषक विजयकान्त लालकर्ण, सञ्चारकर्मी प्रनव खरेल, अभिवक्ता शङ्कर लिम्बू र अर्थविद् डा उमाशङ्कर साहले परराष्ट्र मामिला, सामाजिक लोकतन्त्र, सङ्घीयताको कानुनी पक्ष, सङ्घीयताभित्रको आर्थिक लगायतका विषयमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेको जागरणसभाः भद्रकालीबाट सुरु भएको र्याली दरबारमार्ग पुग्यो
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
प्रहरीको दमनविरुद्ध मानव अधिकार आयोगको कार्यालय घेराउ गर्न पुल्चोक पुगे सहकारी पीडित
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई दियो सैद्धान्तिक सहमती
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार