जुम्लाका ६ हजार ६ सय ६५ घरधुरीमा विद्युत् पहुँच
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार २१:१८:७
२९ साउन, जुम्ला । जुम्लाका आठ वटा स्थानीय तहका करिब छ हजार छ सय ६५ घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । यहाँको पातारासी गाउँपालिकाबाहेक यहाँका अन्य पालिकाका छ हजार छ सय ६५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युतीकरण पुगेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख रामआशिष शाहले जानकारी दिए ।
जिल्लाको तिला गाउँपालिका–८ र ९ मा केन्द्रीय लाइनको विद्युत् विस्तार हुने सकेकोे छैन । बाँकी सबै वडाका घरधुरीमा विद्युत्को पहुँच पुगेको छ । त्यस्तै सिञ्जा गाउँपालिका–३ मा रहेको नराकोट बजारमा विद्युत्को लाइन पुगेको छ भने बाँकी वडामा पुग्न सकेको छैन । हिमा गाउँपालिका–२ र ६ बाहेक अरु सबै वडाका घरधुरीमा विद्युत् लाइन पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख शाहले बताए ।
यहाँको कनकासुन्दरी गाउँपालिकाको–३, ५, ६ र ८ वडामा विद्युत्को लाइन पुगिसकेको छ । तातोपानी गाउँपालिका–४ बाहेक बाँकी अरु सबै वडामा तातोपानीमा राष्ट्रिय प्रसारण लाइनको पुगेको छ । गुठीचौर गाउँपालिकाभित्र छ वटै वडामा विद्युतीकरणको काम तीव्र गतिमा भइरहेको छ । जिल्लामा कूल जनसङ्ख्याको अहिलेसम्म ५४ दशमलव ६७ प्रतिशत नागरिक केन्द्रीय विद्युत् सेवाको पहुँचमा पुगेको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
यहाँका ग्रामीण क्षेत्रसम्म विद्युतीकरण गर्न प्राधिकरण लागिपरेको छ । यो वर्ष केन्द्रीय कार्यालयबाट नयाँ विद्युत् विस्तारका कार्यक्रम आएपछि काम अगाडि बढ्ने जुम्ला वितरण केन्द्रले जनाएको छ । पातारासी गाउँपालिकाको–१ गडीगाउँमा रहेको चुकेनी जलविद्युत् आयोजनाको नौ सय ९८ किलोवाट विद्युत् लाइनमार्फत जिल्लाभर अहिले विद्युत् सेवा सञ्चालन भएको प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार