जीतपुरसिमरा उपमहानगरमा मेयर र वडाध्यक्षबीच कुटाकुट
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार २२:१०:३८
२९ साउन, वीरगंज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठबीच विवाद भएपछि हात हालाहाल भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर भएको विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।
मेयर पौडेलले वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरे । यस्तै, फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत महिला शिक्षक सीता अधिकारीको सरुवा गरी वडा २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाए ।
मेयरले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठले असहमति जनाएका थिए । आफूसँग सल्लाह समेत नगरी मेयरले एकलौटी निर्णयमा शिक्षक सरुवा गरेको भन्दै विरोध गरेका थिए । त्यही क्रममा आज सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा शिक्षक सिता अधिकारी पुगेपछि विवाद बढेको बताइएको छ । वडाध्यक्षले हाजिर हुन नदिने भनेपछि मेयर पौडेल विद्यालय पुगेका थिए ।
मेयर पौडेल जर्वजस्ती हाजिर गराउन खोज्दा वडाध्यक्षसँग हात हालाहाल भएको बताइएको छ । झडपको अवस्था सृजना भएपछि घट्नास्थलमा प्रहरी पुगेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
भदौ २५, २०८१ मंगलबार
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हने
भदौ २५, २०८१ मंगलबार
जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
भदौ २५, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
भदौ २५, २०८१ मंगलबार
दाजुको हत्या गरेको आरोपमा पक्राउ
भदौ २४, २०८१ सोमबार