सुरक्षा जाँचका क्रममा नागरिकलाई सास्ती नहोस् : मुख्यमन्त्री कँडेल
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार ७:२४:३३
३० साउन, कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुरक्षा जाँचका क्रममा आम नागरिकले दुःख नपाउन भन्नेतर्फ सुरक्षा निकाय सधैँ सचेत रहनुपर्नेमा जोड दिँदै जनसेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।
यातायात क्षेत्रका समस्याबारे प्रदेशस्थित सुरक्षा निकाय र यातायात व्यवसायीलगायत सँग सम्बन्धित निकायका प्रतिनिधिहरूसँग मङ्गलबार भएको छलफलमा मुख्यमन्त्री कँडेलले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी नागरिक र व्यवसायी कसैलाई पनि असहज नहुनेगरी सुरक्षा जाँचको व्यवस्था मिलाउन निर्देशन दिए ।
“सुर्खेतबाट दैलेख हुँदै जुम्लासम्म पुग्दा १७ स्थानमा चेक पइन्ट खडा गरिएको मैले पाएँ,” यति धेरै स्थानमा सुरक्षा जाँच गर्नु उपयुक्त हो वा होइन सुरक्षा निकायलाई पुनर्विचार गर्न आग्रह गर्दै उनले प्रश्न गरे । प्रचलित कानुन उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै उनले कानुन कार्यान्वयनका नाममा जनताले अनाहकमा दुःख पाउनु हुँदैन भने ।
यही साउन २७ गते मध्यपश्चिम विश्वविद्यालयमा कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिहरुसँग पत्रकार, उद्योगी,व्यवसायी, नागरिक अगुवा तथा कानुन व्यवसायीले सुरक्षा जाँचका नाममा सर्वसाधारणले दुः पाएका तथा ट्राफिक प्रहरीले नियम विपरीत गतिविधि गरेका आरोप लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार