रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्धा खारेज
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार ९:३६:१३
३० साउन, नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले पतञ्जली लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लंघन नगर्न चेतावनी दिएको छ । पतञ्जली आयुर्वेद लिमिटेडका दुवै संस्थापकलाई ‘औषधि तथा जादुई उपचार ऐन’ को उल्लङ्घन गरी आफ्नो कम्पनीका उत्पादनको भ्रामक विज्ञापन गरेको आरोप लागेको थियो ।
अदालतले भविष्यमा भ्रामक विज्ञापन नदिने भन्दै लिखित रुपमा बुझाउन भनेको थियो । यस मामिलामा, सर्वोच्च अदालतले रामदेव र बालकृष्णको माफी स्वीकार गर्यो। त्यसपछि उनीविरुद्धको अदालतको अवहेलनाको मुद्दा रोकिएको थियो । सर्वोच्च अदालतको न्यायाधीश हिमा कोहली र न्यायाधीश एहसानुद्दीन अमानुल्लाहको इजलासले यस्तो फैसला गरेको हो ।
पतञ्जली आयुर्वेदले बेच्ने उत्पादनबाट गम्भीर रोग निको हुने दाबी गरेको आरोप थियो । उनले आफ्नो विज्ञापनमा आधुनिक औषधि र उपचार प्रणालीको पनि आलोचना गरेको थियो । आइएमए (इन्डियन मेडिकल एसोसिएसन) ले आधुनिक चिकित्सालाई बदनाम गरेको मामिलामा याचिका दायर गरेको थियो । त्यसपछि अवहेलना सम्बन्धी कारबाही अगाडि बढेको थियो । यसपछि रामदेव र आचार्य बालकृष्णले पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको लागि बिना सर्त माफी मागेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ व्यक्तिको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमालेको संकल्प
मंसिर ३०, २०८१ आइतबार
मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ व्यक्तिको मृत्यु
मंसिर ३०, २०८१ आइतबार