जापानका प्रधानमन्त्री किशिदाले राजीनामा दिने
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १०:४६:४७
३० साउन, काठमाडौं । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी महिना प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
किशिदाले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को अध्यक्ष पदका लागि चुनाव नउठ्ने र अर्को महिना नयाँ अध्यक्ष चयन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
किशिदाले बुधबार सञ्चारमाध्यमसँग कुरा गर्दै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा पुनस् चुनाव नखोज्ने निर्णय गरेको बताए । किशिदाको यो निर्णयले आगामी महिना एलडीपीको नयाँ नेता चयन नभएसम्म मात्रै उनी प्रधानमन्त्री पदमा रहने जनाइएको छ ।
जापानको सत्तारुढ दल एलडीपी यतिबेला चर्चामा छ र गत वर्षको डिसेम्बरमा युनिफिकेशन चर्चसँगको सम्बन्ध र राजनीतिक कोषको विवादका कारण पार्टी नकारात्मक कारणले चर्चामा आएको छ ।
साथै, किशिदाको मन्त्रिपरिषद्को अनुमोदन रेटिङ पनि लगातार घट्दै गएको र विगत आठ महिनादेखि २० प्रतिशतको हाराहारीमा मात्रै छ । वर्तमान किशिदा सरकारविरुद्ध पार्टीभित्रै विरोधको आवाज उठिरहेको छ र पार्टीका नेताहरू वर्तमान सरकारको नेतृत्वमा आगामी निर्वाचन जित्न निकै गाह्रो भएको बताउँछन् । जापानमा आगामी अक्टोबरमा निर्वाचन हुँदैछ ।
फुमिया किशिदाले अक्टोबर २०२१ मा जापानको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । किशिदाले योशिहिदे सुगालाई प्रतिस्थापित गरेका थिए । उगत अप्रिलमा जापानका धेरै सहरहरूमा उपचुनावमा नागासाकी, शिमाने र टोकियो जस्ता सहरहरूमा एलडीपीले पराजय भोग्नुपरेको थियो । त्यसबेला पनि किशिदाको राजीनामाको माग भएपनि किशिदाले त्यसबेला राजीनामा दिन अस्वीकार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार