प्रतिनिधि सभामा प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गरेपछि टीआरसी विधेयक आजै पारित गरिने
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार ११:१६:३४
३० साउन, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) सम्बन्धी विधेयकमाथि बुधबार शीर्ष नेताले संघीय संसदको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीसहित दलको शीर्ष नेताले सम्बोधन गरेपछि यो विधेयक आज प्रतिनिधि सभामाबाट पारित गराइने छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसदमा पेस भएको थियो । यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो । २५ फागुन २०६९ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभामा दर्ता गरेका थिए ।
यो विधेयक गत बिहीबार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिबाट दफावार छलफल सहित सर्वसम्मत रुपमा पारित भएको थियो । विधेयकमा सहमति गर्न कांग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसदमा पेस भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
ओली सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर, संसद बैठक बोलाउन माग
माघ २, २०८१ बुधबार
सरकारविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु
माघ २, २०८१ बुधबार
खोटाङमा सत्तरी वर्षमाथिका पत्रकारले पेन्सन पाउने
माघ २, २०८१ बुधबार
घुम्नैपर्ने एक सय गन्तव्यमध्येको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव
माघ २, २०८१ बुधबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार