ललितपुरको इमाडोलमा सडक भासियो, सवारी आवागमन अवरुद्ध
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १२:३७:३९
३० साउन, काठमाडौं । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका–३ बाक्लोगाउँ चोक अगाडि नयाँ पुल–बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ । सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरीले जनाएको छ ।
एसपी नरेशराज सुवेदीका अनुसार सडक भासिनुको कारण खुलेको छैन् । महालक्ष्मी नगरपालिका– ३ को बोझे पोखरीबाट इमाडोलतर्फ आउने भित्री सडक गएराति भासिएको हो । भासिएपछि त्यो सडकमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ । सडकमा झण्डै तीन मिटरका दुईवटा खडल बनेका छन् । जसको कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको, सुवेदीले बताए ।
यही साउन २५ गते काठमाडौँ महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो । सडक भासिएपछि अहिले दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा यातायात सञ्चालन बन्द गरिएको छ । त्यस क्षेत्रमा टुकुचा खोला छोपेर सडक बनाइएको कारण भासिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार