महोत्तरीमा सामुदायिक भवन निर्माणार्थ महायज्ञबाट दुई करोड संकलन
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १२:५१:११
♦ विशाल बस्नेत
३० साउन, महोत्तरी । हाम्रो माया घर निर्माणार्थ २१ गतेदेखि आयोजना भएको शिव पुराण महायज्ञको मंगलवार समापन गरिएको छ ।
महोत्तरीको बर्दिवासमा वेवारिसे, तिरस्कृत भएका वृद्धहरू, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्धार तथा व्यवस्थापन गर्ने उद्देश्यले भवन निर्माणार्थ आयोजना भएको माहायज्ञ मंगलवार समापन गरिएको हो ।
कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिबास कै वडा(२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् । उक्त भवन शिलान्यास बुधवार नै गरिने मुल आयोजक समितिले जनाएको छ ।
देशैभरिवाट आएका मानिसहरुले गरेको दानबाट महायज्ञमा २ करोड ४ लाख १ सय ८६ रुपैया संकलन भएको मूल आयोजक समितिका प्रबक्ता चेत कुमार थापाले जानकारी दिए ।
१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएतापनि उक्त महायज्ञको अपेक्षा गरे भन्दा धेरै राम्रो सहभागी र दान संकलन भएको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमको भनाई छ ।
संकलित रकमले प्रारम्भिक कार्यहरू अगाडि बढाउने बताउँदै २ वर्षभित्र भवन निर्माण कार्य सम्पन्न गरी उदेश्य कार्यान्वयनमा औपचारिकरुपमा अगाडी बढने र सडक मानवरहित अभियान चलाउने संयोजक गौतमले बताए ।
२१ गतेदेखि सुरु भएको हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका थिए । राज्यले गर्नुपर्ने काम नागरिकस्तरवाट नै अग्रसरता देखाएको बताउदै सहभागी जनप्रतिनिधिहरुले निर्माणका क्रममा सिर्जना हुने हरेक अभावहरूको परिपूर्ति गर्न लागिपर्ने प्रतिवद्धता जनाएका छन ।
संघीय संसद लक्ष्मी महतो कोइरीले संसद विकास कोषबाट १ करोड र मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोजले ३० लाख मन्त्रालयवाट विनियोजन गर्ने पनि प्रतिवद्धता जनाएका छन ।
यही क्रममा शनिवार बेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार