हाम्रो शान्ति प्रक्रिया मौलिक छ, सशस्त्र युद्धका दोषी सबैलाई एकमुष्ट आममाफी दिन सकिन्नः प्रचण्ड
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १४:४५:४५
३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रचण्डले सशस्त्र युद्धका क्रममा घटेको घटनाका दोषी सबैलाई एकमुष्ट आममाफी नदिने बताएका छन् । माओवादीको सशस्त्र युद्धका कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्डले गम्भीर मानवअधिकारका उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताए । शान्ति प्रक्रिया थालनीका मूलभूत दुई पक्ष सफल भएका पनि दाहालको भनाइ थियो । ’राजनीतिक रूपमा राजतन्त्रात्मक निरंकुश व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था स्थापना भएको छ भने संविधानसभाबाट नयाँ संविधान बनि नयाँ संविधानमा राजनीतिक उपलब्धिहरू संस्थगागत पनि भएका छन्,’ उनले भने ।
नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । ’संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्, उनले भने, ’हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ । अरु देशको नक्कल यसमा छैन ।’
प्रचण्डले नेपालको हतियार व्यवस्थापन र सेना समायोजन पनि सरल र सहज ढंगले भएको स्मरण गरे । सेना समायोजनन र हतियार व्यवस्थापन जटिल विषय भएपनि नेपालमा आधुनिक हतियार व्यवस्थापन र ठूलो संख्याको सेना समायोजना जटिल रहेपनि सहजै सम्पन्न भएको बताए । उनले राजनीतिक नेतृत्वले जोखिम उठाएर सेना समायोजन गरिएको उनले बताए । सेना समायोजन गर्दा माओवादी पार्टी विभाजन भएर आफूलाई क्षति भएपनि देश बाचेको र शान्ति स्थापना भएको प्रचण्डले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया रहेको कुरामा आफ्नो समर्थन रहेको बताउँदै दाहालले भने, ’यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता स्थापित गर्ने काम ठूलो स्केलमा हुने थियो होला ।’
संसद्मा ल्याइएको विधेयक पीडितका पक्षमा रहेको दाहालले बताए । उनले अन्तर्राष्ट्रिय समुदायमा पनि विधेयकमाथि सहमति रहेको जानकारी उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार