ताँजकोटमा घरदैलो स्वास्थ्य अभियान
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १५:७:४
३० साउन, हुम्ला । ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य अभियान सञ्चालन गरेको छ । घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गर्न अभियान सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।
अभियानबाट विशेषगरी स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्ततालाई लाभान्वित भएका जनाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र श्याङ्कुले हालसम्म वडा नं १, ४ र ५ का बस्तीमा घरदैलो स्वास्थ्य अभियान सम्पन्न भएको बताए ।
हालसम्म ती वडाका तीन सय ५२ जनाको स्वास्थ्य परीक्षणका साथै उपचार गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले बताए । बाँकी रहेका वडा नं २ र ३ का बस्तीमा रहेका आमा समूहसँग बैठक बसी व्यक्तिगत सरसफाइ, झाडा पखाला, प्रजनन स्वास्थ्यसम्बन्धी लगायतका विषयमा परामर्श दिने काम भइरहेको उनले बताए ।
घरदैलोमा खटिएका स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, बाथ, ज्वरो, रुघाखोकी, पेट समस्याका लागि उपचार सेवा प्रदान गरेका हुन् । जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम सञ्चालन
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार