कुमार रम्तेल, महेन्द्र भोटे र भविश्वर अर्याललाई जेलबाट झिकाएर समितिले लियो बयान
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १५:१५:२२
३० साउन, काठमाडौं । सहकारी ठगीका सम्बन्धमा प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष छानबिन समितिले सहकारी ठगी सम्बन्धमा कुमार रम्तेल, महेन्द्र भोटे र भविश्वर अर्यालसँग सोधपुछ तथा बयान लिएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको अभियोगमा समितिले गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसहित चार जनासँग सोधपुछ गरिएको हो ।
समितिका सभापति सूर्य थापाका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका सचिव तथा गोरखा मिडिया नेटवर्क प्रालिका सञ्चालक कुमार रम्तेलसँग कास्की कारागारबाट ल्याएर सोधपुछ गरिएको हो । समितिले विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक शिवकुमार गुरूङ (महेन्द्र भोटे)लाई कास्की सुधार गृहबाट ल्याएर सोधपुछ गरिएको छ ।
समितिले साउन ३० गते स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठसँग पनि सोधपुछ गरेको छ । समितिले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, पोखराका पूर्वसञ्चालक तथा सफ्टवेयर डेभलपर भविश्वर अर्याललाई पनि कारागारबाट ल्याएर सोधपुछ गरेको छ ।
समितिले अनुसूची १ र २ मा रहेका २९ वटा सहकारीसँग जोडिएका विभिन्न व्यक्तिसँग सोधपुछ जारी राखेको छ । समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पछि सोधपुछ गर्ने भएको छ । त्यसको मिति भने तय भइसकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार