गोसाइँकुण्ड मेला भर्न जाने तीर्थालुको स्वास्थ्य उपचार प्रबन्ध, पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन हुने
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १६:४६:२७
३० साउन, रसुवा । जनै पूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड तीर्थस्नान गर्न जाने श्रद्धालु भक्तजनको स्वास्थ्य उपचारका लागि बाटोमा पर्ने विभिन्न पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला भर्न जाने भक्तजनको स्वास्थ्यलाई ख्याल गरी अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि पाँच स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हिमालय उद्धार संघले जनाएको छ ।
सदरमुकाम धुन्चेस्थित शिवमन्दिर चोकमा सञ्चालन हुने शिविरमा तीर्थयात्रुको प्राथमिक तहको स्वास्थ्य परीक्षण गरी गोसाइँकुण्ड जाने बाटोअन्तर्गत मिनी गोसाइँकुण्ड, चोलाङपाटी, लौरिविनायक र गोसाइँकुण्डमा आवश्यकताअनुसार स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।
स्थानीय जिल्ला रेडक्रस र आयुर्वेदिक संस्थाले मिनी गोसाइँकुण्ड, नेपाली सेनाले चोलाङपाटी, गोसाइँकुण्ड गाउँपालिकाले लौरिविनायक र हिमालय उद्धार संघले गोसाइँकुण्डमा अक्सिजनसहित स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष डिएमले बताए । भक्तजनलाई स्वास्थ्य सेवा प्रदान गर्न भनी हिमालय उद्धार संघका सात सदस्यीय चिकित्सकको समूह लौरिविनायक पुगिसकेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
.जनैपूर्णिमा पर्वका अवसरमा साढे तीन करोडभन्दा बढी देवीदेवताको गोसाइँकुण्डस्थित नीलकण्ठ दहमा बास हुने भएकाले एक साथ सबैको दर्शन मिल्ने जनविश्वाससहित तीर्थस्नान एवं पूजाआजाका लागि जोखिम मोलेर त्यसतर्फ भक्तजन जाने गरेको भन्ने शास्त्रीय मान्यत रहिआएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार