समयमै मल पाउँदा किसानलाई सहज
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १६:५१:४५
३० साउन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँका कमला चौधरी कृषि पेसा गर्छिन् । विशेषगरी उनले धान खेती गर्दै आएकी हुन् । उनले बीस कट्ठा जग्गामा धान खेती गरेकी छिन् ।
यसअघि परम्परागत रुपमा धान खेती गर्दै आएकी चौधरीको परिवारलाई उत्पादनले वर्षभरी खान पुग्दैनथ्यो । उन्नत जातको धानको बीउ, मल तथा आधुनिक सीपको अभाव थियो । नत समयमा मल पाउनुहुन्थ्यो नत बीउ नै । अर्कोतर्फ मलको प्रयोग कसरी गर्ने भन्नेसमेत थाहा नहुँदा उनले भने अनुसारको आम्दानी गर्न सकेको थिएन ।
निर्वाहमुखी खेती गर्दै आएकी चौधरीले अहिले धान उत्पादन दोब्बरले वृद्धि गर्न थालेकी छिन् । “हामीले समयमै मल पनि पाउदैथ्नौँ, धानबाली कसरी लगाउने, कुन समयमा गोड्ने, मल कतिबेला हाल्ने खासै ज्ञान पनि थिएन”, उनले भनिन्,”“अहिले भने समयमै मल पनि पाउन थाल्यौँ, अनि कृषि सम्बन्धिका विभिन्न तालिमले धान खेती गर्ने तरिका पनि थाहा भएपछि उत्पादन दोब्बरले वृद्धि हुन थालेको छ ।”
कमलाजस्तै अन्य किसानलाई सबैभन्दा समस्या मलको हुने गरेको थियो । खेती गर्ने समयमा मलको अभावले गर्दा आजित किसानले अहिले भने समयमै मल पाएको बताउँछन् । वीरेन्द्रनगर–१० कै सुकमाया चौधरीको परिवारले पनि ३० कट्टा जमिनमा धान खेती गर्ने गरेको छ । विगतमा राम्रो धान उत्पादन नहुने उनको परिवारले अहिले भने वार्षिक रु तीन लाखसम्मको धान बिक्री गर्ने गरेको छ ।
सहकारीमार्फत मल, बीउ तथा धान खेती गर्ने तरिका थाहा पाउन थालेपछि आफूहरूले उत्पादनमा वृद्धि गरेको सुकमाया बताउँछिन् । “पहिले धान खेती खेत पनि त्यही हो, पहिले घरमा मात्रै खान पुग्थ्यो, अहिले घरमा प्रयोग गरेर पनि बेच्न थालेका छौँ,” उनले भनिन्,” हामीले समयमै मल बीउ पाउन थालेका छौँ भने खेती गर्ने तरिका पनि सिक्न पाएका छौँ,”
सुकमायाले आफ्नो खेतमा एक सय मुरीभन्दा धेरै धान फलेको सुनाइन् । नेपाल सरकारसँगै युएसएआडीको एनसाफ परियोजनाले सुर्खेतका विभिन्न कृषि सहकारीबाट समयमै मल उपलब्धसँगै विभिन्न तालिम दिन सुरु गरेपछि सुर्खेतका किसानको उत्पादनमा वृद्धि हुन थालेको हो । यही परियोजनामार्फत समयमै मल बीउसँगै विभिन्न कृषि सम्बन्धिका तालिम लिएपछि पराम्परागत रुपमा धानखेती गर्ने किसान अहिले आधुनिक तरिकाले खेती गर्न थालेका छन् ।
वीरेन्द्रनगर–१० कै किसान बालकृष्ण थारु भने, “पहिले एक हल गोरु पाल्थ्यौँ, त्यसकै मल धानखेतीमा हाल्थ्यौँ, अनि गोरुले जोतेर खेती गथ्र्यौ, तर अहिले भने कृषिसम्बन्धी तालिम पनि पाएका छौँ । सँगै आधाुनिक प्रविधिको बढेपछि काम पनि छिटो हुन्छ भने उत्पादन पनि बढेको छ ।”
परियोजनाको सहयोगपछि यो वर्षदेखि किसानले समयमै मल पाएका छन् । विभिन्न सहकारीको सहजीकरणमा किसानलाई समयमै मल वितरण गरिएपछि उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ । मल वितरणमा सहजीकरण गरिरहेको वीरेन्द्रनगरमा रहेको जनचेतना कृषि सहकारी संस्थाका कृषि प्राविधिक शिव अधिकारी किसानले मलखाद समयमै पाएको बताए । त्यति मात्रै नभएर किसानलाई मलको प्रयोग लगायत खेती गर्ने तरिका सिकाइएपछि अहिले कृषि पेसा आधुनिकतातर्फ जान थालेको र उत्पादन पनि बढेको उनको भनाइ छ ।
“विगतमा निर्वाहमुखी खेती गर्नुुपर्ने अवस्था थियो, मल पनि समयमै पाउन समस्या थियो अहिले सरकार र साझेदार संस्थाबाट मल समयमै पु¥याउन थालिएको छ, जसले गर्दा किसानले उत्पादनमा वृद्धि गरिरहनुभएको छ,” किसानले समयमै मल नपाउने, बिचौलियाको हातमा पर्दा मल चुहाउट हुने समस्या पनि अन्त्य भएको अधिकारीको दाबी छ ।
सुर्खेतकै बराहाताल गाउँपालिकामा रहेको महिला साना किसान सहकारीले पनि मल परियोजनाको सहयोगमा मल वितरण सहजीकरण गर्दै आएको छ । यो वर्ष मल समयमै किसानले पाएपछि उत्पादनमा पनि वृद्धी हुने सहकारीका कृषि प्राविधिक निशा गुरुङले बताइन् । “किसानले मल यो वर्ष समयमै पाउनुभएको छ, गत वर्षमा मलको लागि धेरै समस्या भोग्ने किसानले अहिले सहजताका महसुस गर्नुभएको छ । सहकारीमार्फत हामीले किसानको घरघर समयमै मल पु¥याएका छौँ । यो वर्ष गतवर्ष भन्दा धान उत्पादन बढ्ने हाम्रो अपेक्षा छ ।” उनले किसानलाई प्राविधिक ज्ञानसमेत दिने गरिएको भन्दै आगामी दिनमा सरकारले अझै कृषिमैत्री नीति ल्याउनुपर्ने उनको सुझाव छ ।
कर्णालीको जम्मा खेतीयोग्य जमिनमध्ये ४१ हजार नौ सय चार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको तथ्याङ्क छ । गत वर्ष कर्णालीमा एक लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन भएको कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित
मंसिर ६, २०८१ बिहिबार
तनहुँमा बीस रोपनी जमिनमा रायो सागखेती
मंसिर ६, २०८१ बिहिबार
तिहारमा फूलमाला बिक्रीबाट पाँच लाख बचत
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार