नारायणगढ–बुटवल सडकखण्ड एकतर्फी सञ्चालन
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १९:५४:४१
३० साउन, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायण बुटवल सडकखण्डको दाउन्नेमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएका छ । सोमबार साँझ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा भासिएको सडक मर्मतको काम आज पनि नसकिएपछि अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
सडक पूर्ण रूपमा सञ्चालनका लागि पहाड फोड्नुपर्ने र खोलाको किनारबाट जग उठाउनुपर्ने भएकाले सडक भासिएको दोस्रो दिन पनि मर्मतको काम नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।
मङ्गलबार दिनभर सडक मर्मतको काम गरिएकामा गएरातिको वर्षाले लेदोसहितको माटो सडकमा खसाल्दा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । “बुधबार साँझसम्म काम गर्दा पनि नसकिएपछि भोलि बिहान ८ बजेदेखि पुन सडक मर्मतको काम सुरु गर्नेगरी आजलाई काम रोकिएको छ”, उनले भने, “आज राति पनि गाडीहरू एकतर्फी मात्र सञ्चालन हुने छन् ।”
बिहीबार बिहान पानी नपरेमा बिहान ८ बजेदेखि मर्मतको काम सुरु गरेर दुई घण्टामा दुईतर्फी नै सडक सञ्चालन गर्न सकिने निर्माण पक्षले जानकारी गराएको छ । सोमबार साँझ दाउन्ने बजारमा सडक भासिएर एकतर्फी सञ्चालन भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहानदेखि पूर्णरूपमा यातायात अवरुद्ध भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुष ७, २०८१ आइतबार
आइतबारदेखि मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
पुष ५, २०८१ शुक्रबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार