कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा !
नेपालबहस संवाददाता
साउन ३१, २०८१ बिहिबार ११:१६:२५
३१ साउन, कोलकोत्ता । कोलकाताको ट्रेनी डाक्टरको बलात्कार र हत्या प्रकरणमा नयाँ खुलासा भएको छ।अखिल भारतीय सरकारी चिकित्सक संघका अतिरिक्त सचिव डा. सुवर्णा गोस्वामीले पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै यो बलात्कार नभएर सामूहिक बलात्कार हुन सक्ने बताएकी छिन् ।
प्रशिक्षार्थी चिकित्सकको प्राइभेट पार्टबाट १५१ एमजी वीर्य भेटिएको बताउँदै उनले यो दावी गरेकी हुन् । ‘कुनै पनि व्यक्तिसँग यति धेरै मात्रामा बिर्य हुन सक्दैन्, बलात्कारको घटनामा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने सम्भावना छ ।’
प्रशिक्षार्थी डाक्टरको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । गत अगस्ट ९ मा आरजी कार मेडिकल कलेज तथा अस्पतालको सेमिनार हलमा प्रशिक्षार्थी चिकित्सकको अर्धनग्न शव फेला परेको थियो । डाक्टरको गोप्य भाग, आँखा र मुखबाट रगत बगिरहेको थियो । पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । जसका कारण भारतभरीमा चिकित्सकहरुले निरन्तर विरोध प्रदर्शन गरिरहेका छन ।
उता, मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल प्रशासनले प्रमाणमा छेडछाड गरेको आरोप लगाएका छन् । उनीहरू भिडियो शेयर गर्दै भनेका छन कि – ‘सेमिनार हलबाट २० मिटर टाढा रहेको चेस्ट विभागको कार्यालयमा तोडफोड भइरहेको छ । प्रहरीको अगाडि नै मर्मतसम्भारको नाममा प्रमाणहरू तोडफोड भइरहेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार