भारतीय दूतावासमा ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपण
नेपालबहस संवाददाता
साउन ३१, २०८१ बिहिबार १६:३६:३०
३१ साउन, काठमाडौं । भारतीय दूतावास, लैनचौरमा आफ्ना आमाहरुको सम्मानमा सबैलाई वृक्षरोपण गर्न आग्रह गर्दै ‘एक पेड माँ के नाम’ अभियानअन्तर्गत वृक्षरोपन गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व वातावरण दिवस, २०२४ का अवसरमा ‘एक पेड माँ के नाम’ अभियान शुभारम्भ गरेको थियो । सो अभियानलाई भारतीय जनताको समर्थन र सहभागितासहित सफल कार्यक्रमका रूपमा भारतभर लिइने गरेको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज लैनचौरस्थित दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षण एवं संवद्र्धन अभियानमा ऐक्यबद्धता जनाए । दुईदिने नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिस्री पनि यही साउन २७ गते दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर सो अभियानमा सरिक भएको थियो ।
वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवद्र्धन गर्न भारतीय ‘डायस्पोरा’का सदस्य एवं भारत–नेपाल मैत्री सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूले दूतावास परिसरमा बिरुवाहरू रोपी अभियानमा ऐक्यबद्धता व्यक्त गरेको थिए ।
‘एक पेड माँ के नाम’ पहलसँगै नेपालस्थित भारतीय दूतावास, लैनचौरले आज विभिन्न जातका ७८ वटा बिरुवा दूतावास परिसरमा रोप्दै भारतको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार