चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १०:२०:५
३२ साउन, काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ । आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापा, अभिनेत्री करिस्मा मानन्धर, फिल्म निर्माता तथा बोर्डका पूर्वसदस्य अर्जुनकुमार डंगोल, बोर्डका पूर्वसदस्य तथा निर्देशक प्रकाश भट्टराई र निर्देशक दीपा पाण्डे बस्नेत रहेका छन् ।
गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो । आवेदन दिने म्याद बिहीबार सकिएको छ ।
आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि, मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
मंसिर ३०, २०८१ आइतबार
कला र सिर्जनाको अनुपम उदाहरण चन्द्रागिरी थ्रीडी आर्ट म्युजियम : दिपकराज गिरी
मंसिर ३०, २०८१ आइतबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघको कार्यसमितिमा को-को निर्वाचित भए ?
पुष १, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १, २०८१ सोमबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार