‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १०:२५:२९
३२ साउन, काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नो चर्चित शो ‘द ग्रेट इन्डियन कपिल शो’ को नयाँ सिजनको घोषणा गरेका छन् । नेटफ्लिक्समा प्रशारण हुने यो शो अब दोस्रो सिजन आउने भएको हो । कमेडियन कपिल शर्माले आफ्नो शो 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजनको औपचारिक पुष्टि गरेका छन्, जसले आफ्ना फ्यानहरूलाई उत्साहित बनाएको छ ।
कपिल शर्माले इन्स्टाग्राममा पोष्ट शेयर गर्दै फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् । पहिलो सिजन सकिएको दुई महिनापछि दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । नेटफ्लिक्सले साझा गरेको भिडियोमा पहिलो सिजनका यादगार क्षणहरू देखाइएको छ ।
यस शो को पहिलो सिजनको औसत प्रतिक्रिया आएको थियो । पहिलो सिजनमा नेटफ्लिक्समा १३ भाग प्रशारण गरिएको थियो । यस अघि टेलिभिजनमा प्रशारण हुने कपिलको शो नेटफ्लिक्समा प्रशारण भएपछि अलि सिमित दर्शकले मात्र हेरेका कारण पहिलो जस्तो लोकप्रियता पाउन नसकेको बताइएको थियो ।
‘द ग्रेट इन्डियन कपिल शो’ मा कपिल शर्मासँगै कृष्णा अभिषेक, किकु शारदा, अर्चना पूरन सिंह र राजीव ठाकुर पनि छन् । शोको पहिलो सिजनमा आमिर खान, रणवीर कपूरसँगै उनकी आमा नीतु कपूर र बहिनी रिद्धिमा साहनी, कार्तिक आर्यन, दिलजीत दोसांझ र परिणीति चोपडालगायत अन्य धेरै स्टार अतिथिका रूपमा आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
'धम्की पछि' ‘१२ वी फेल’ का अभिनेता बिक्रान्तले लिए सन्यास
मंसिर १८, २०८१ मंगलबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार