‘नरसिंहा अवतार’ मा मोडल सनिशाको इन्ट्री
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार ११:३१:४६
३२ साउन, काठमाडौं । अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा मोडल सनिशा भट्टराई भित्रिएकी छन् । उनीसँग यसै साता निर्माताले कागजी सम्झौता गरेका हुन् । सनिशासँगै अर्की अभिनेत्री नीति शाहको शिर्ष भूमिका हुने भएको छ ।
सनिशाको यो दोस्रो फिल्म हुनेछ । उनले विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन्, जुन दशैंको फूलपातीमा रिलिज हुँदैछ । म्युजिक भिडियोमा आफूलाई स्थापित गरेकी सनिशाले फिल्म उद्योगमा छलाङ मारेकी छन् ।
‘नरसिंहा अवतार’को निर्देशन दीवाकर भट्टराईले गर्नेछन् । उनले यसअघि ‘ऐश्वर्य’, ‘क्याप्टेन’, ‘मायावी’, ‘स्टुपिड मन’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहने जनाइएको छ । आगामी भदौबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र विकास बोर्डले दश चलचित्र ‘डिजिटाइजेसन’ गर्ने
मंसिर २८, २०८१ शुक्रबार
देशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा रोक लगाउने परिपत्रप्रति क्यानको ध्यानाकर्षण
मंसिर २८, २०८१ शुक्रबार
उपराष्ट्रपति यादवसँग चीनको ‘सिपिपिसिसी’सदस्य शुनको शिष्टाचार भेट
मंसिर २८, २०८१ शुक्रबार