परराष्ट्र सचिव सेवा लम्साललाई किन गरियो उनले नरुचाएको क्षेत्रमा राजदूत सिफारिस ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार ११:५९:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/sewa_gYoSk7Zfrt_NfSvX2AjkJ.jpeg)
३२ साउन, काठमाडौं । सरकारको रुची अनुसार परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्झियमको राजदूत बनाइएको छ । तर उनको रुची अनुसार सहसचिव तहको राजदूत बनाइएको हो या होइन भन्ने चाहि खुलेको छैन । विगतमा मुख्यसचिव, सचिव भइसकेका व्यक्तिहरू पनि राजदूत भएका कारण लम्सालले केही मुख खोलेकी छैनन् ।
नेपालको इतिहासका पहिलो महिला परराष्ट्रसचिव भएकी सेवा लम्सालको कार्यकाल अझै बाँकी छ । उनी परराष्ट्रसचिव भएको ८ महिनामा मात्रै भयो । सचिवको रूपमा असार २०८२ सम्म काम गर्ने अवसर हुँदाहुँदै लम्साललाई किन ८ महिनामै राजदूतमा सिफारिस गरियो भन्ने कुरा खुलेको छैन । राजनीतिक कोपभाजनमा परेर लम्सालले सचिव छोडेर राजदूत हुनुपरेको हो कि भन्ने आशंका पनि गरिएको छ ।
३१ साउन २०८१ को मन्त्रिपरिषद् बैठकले लम्साललाई राजदूत बनाउने निर्णय गरेको छ । सरकारले लम्साललाई युरोपियन युनियन (ईयू) को मुख्यालयसमेत हेर्ने गरी बेल्जियमको राजदूतका लागि सिफारिस गरेको हो । उक्त सिफारिससँगै २९ मंसिर २०८० मा पहिलो महिला सचिव भएर रेकर्ड बनाएकी लम्सालले इयूको पनि जिम्मेवारी सम्हाल्ने पहिलो महिला राजदूत हुन् ।
लम्साललाई यसअघि १८ जना राजदूत सिफारिस हुँदा नै पठाउन खोजिएको थियो । लम्सालनिकटले प्रधानमन्त्री ओलीसँग देश रोजेर बार्गेनिङ गर्न सुझाव पनि दिएका थिए । त्यतिबेला उनले पछि गरौँला भन्दै पन्छिएकी थिइन् । त्यतिबेला पन्छिएपछि उनले बेलायत, अमेरिका, भारत जस्ता देशको राजदूत पदमा बार्गेनिङ गर्ने मौका गुमाएको स्रोतले जनाएको छ । अहिले लम्सालले रोजेको भन्दा पनि छोडेको स्थानमा राजदूत भएर जानुपर्ने बाध्यता आइपरेको चर्चा पनि सिंहदबारमा हुन थालेको छ । ओलीले परराष्ट्रका सहसचिव अमृत राईलाई सचिव बनाउने मनसायसहित लम्साललाई राजदूत बनाएको स्रोतहरूले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले खास रुचाएका र पटकपटक अवसर दिएका सहसचिव राईलाई आफ्नो कार्यकालमा सचिव बनाउने खोजेको देखिन्छ । हुन त, लम्साल अवकाश भएपछि राई स्वतः सचिव हुने लाइनमा थिए । वरिष्ठताको आधारमा सचिव बनाउने परराष्ट्रमा परम्परा रहेको छ । सोही कारण राई सचिव भने हुने थिए । तर, ओलीको साथ पाए भने राई निकै लामो समय सचिव हुने अवसर पाउने छन् । अहिले मन्त्रालयको प्रवक्ता भएर काम गरिरहेका राई परराष्ट्रमा भएका मध्ये सबैभन्दा सिनियर सहसचिव हुन् ।
उनले साउथ अफ्रिका र संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत भएर काम गरिसकेका छन् । राई उपसचिव भएको बेलामा र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री भएको बेलामा निजी सचिव भएर पनि काम गरेका थिए । ओली र राईको यो पुरानो सम्बन्धले गर्दा पनि चाडो सवि भएको आशंका गरिएको छ ।
प्रशासन तर्फको शाखा अधिकृत हुँदै २०६७ वैशाखमा महिला कोटाबाट परराष्ट्रको उपसचिव बनेकी लम्साल त्यसै त्यहिँ उक्त कोटा प्रयोग गरेर परराष्ट्रको सहसचिव भएकी थिइन् । दुईपटक कोटा प्रयोग गरेकी सेवाले तीनपटक ‘कोटा’ प्रयोग गरेका गहेन्द्र राजभण्डारीलाई विस्थापित गर्ने भएकी हुन । ‘डब्बल’ कोटावाला सेवा ‘सिंगल’ सिफारिसमा बेल्जियमको राजदूत बन्नेछिन् । राजभण्डारी तीन महिनापछि बेल्जियमबाट नेपाल फर्किसक्नु पर्नेछ ।
सहसचिव हुँदा पाकिस्तानको राजदूत बनेकी लम्साल सचिव भएपछि बेल्जियममा पुगेकी हुन् । परराष्ट्र सचिव भइसकेका व्यक्तिहरू संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्युयोर्क जाने प्रचलन रहँदै आएको थियो । परराष्ट्र सचिव भएका भरतराज पौड्याल क्यानडा पुगे भने लम्साल बेल्जियमतिर लागिन् । यसले परराष्ट्र सचिवको मूल्य मान्यतामा हस आउँदै गएको सिंहदरबारमा चर्चा चलेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार