गट्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज: ट्राफिक प्रहरीको गम्भिर लापर्वाही, सनाखतमै अलमल
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १२:५५:२५
३२ साउन, काठमाडौं । भक्तपुरको गट्ठाघरमा ट्रक र स्कुटर ठोक्किएर भएको दुर्घटनामा नजिकै रहेको ट्राफिक प्रहरीको गम्भिर लापवार्ही देखिएको छ । दुर्घटनाको सीसीटीभी फुटेज शुक्रबार सार्वजनिक गरिएको छ । दुर्घटनामा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई हाल काठमाडौँको कपन बस्ने ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको थियो ।
सुरुमा प्रहरीले समेत घटनाको गलत रिपोर्ट दियो । कहिले पुरुष र कहिले महिला भनेका कारण उक्त घटनामा कसको मृत्यु भयो भन्ने पुष्टि गर्न राति १० बजेसम्म लाग्यो । सुरुमा प्रहरीले नै एक महिलाको ट्रकको ठक्करबाट मृत्यु भएको बतायो । पछि मृत्यु हुने महिलाको पहिचान खुलेको उनका दाजुले आएर सनाखत गरेकोसम्म प्रहरीले भन्यो । तर मृत भनिएकी महिला आफैं प्रहरीको सम्पर्कमा आएपछि घटनाले नयाँ मोड लियो ।
त्यसपछि प्रहरीले सीसीटीभी फुटेज हेर्दा महिला नभई पुरुषको मृत्यु भएको खुल्यो । घटनास्थलबाट बरामद भएका कागजातका आधारमा पनि पुरुष रहेको खुल्यो । ती पुरुषका आफन्त आएर सनाखत गरेपछि दुर्घटनामा मृत्यु हुने महिला नभई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइराला छन् ।
त्यो दुर्घटनाको सीसीटीभी फुटेज प्रहरीले उपलब्ध गराएको छ । उक्त फुटेजमा मृतक कोइरालालाई ट्रकले गट्ठाघर चोकनिर ठक्कर दिएर घिसारेको देखिन्छ । दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएका तर, उनीहरुले कुनै प्रतिक्रिया नदिएको देखिन्छ । मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको फुटेजले पुष्टि गरेको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो ।
भक्तपुर जिल्ला प्रहरी परिसरका अनुसार, मृतक कोइरालाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनापछि बिहीबार दिनभर भक्तपुर क्षेत्र तनावग्रस्त बनेको थियो भने प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकलाई भने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा राखिएको छ ।
प्रहरीका अनुसार सुरुमा ११८ जना प्रहरी परिचालन गरिएको थियो । त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो । उता, गठ्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला सहिद महेश कोइरालाका भाइ भएको खुलेको छ ।
ओखलढुंगाको चिंखुगढी छहरेका उत्तम कोइरालाका दाजु महेश कोइराला २०३१ सालमा कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए । उनको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार