५९ जना सहसचिवको सरुवा, पहुँचकालाई राम्रो मन्त्रालय

नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १५:११:५९

३२ साउन, काठमाडौं । सरकारले ५९ जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । सरकारले ८ जना सहसचिव अर्थ मन्त्रालयमा सरुवा गरेको छ । ४ जना परराष्ट्र मन्त्रालय र पाँच जना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउने सहसचिवहरूमा चण्डी प्रसाद घिमिरे, सहसचिव कृष्ण कुमारी श्रेष्ठ, सहसचिव यमलाल भुषाल, सहसचिव विनोद बहादुर कुँवर र सुमन दाहाल रहेका छन् । हरिशरण पुडासैनी, महेश भट्टराई, दीपक लामिछाने, गोपीकृष्ण कोइराला,यमुना प्रधान, श्याम प्रसाद भण्डारी, दाहाल र कविता रेग्मी अर्थ मन्त्रालयमा परेका छन् ।
महावाणिज्य दूतका लागि चार जनाको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । कलकत्ता, बेइजिङ, ग्वान्जाओ र ल्हासामा रिक्त महावाणिज्य दूतका लागि गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद निरौला, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त) का विन्देश्वर प्रसाद लेखक र गृह मन्त्रालयकै सहसचिव भरत खनाललाई सरुवा गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, भन्सार विभागका उपमहानिर्देशक राम कुमार महतोलाई लोक सेवा आयोग, राष्ट्रपति कार्यालयका कृष्ण प्रसाद लम्साललाई गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशकी प्रदेश सचिव हुमकला पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयका नारायण प्रसाद सापकोटालाई निर्वाचन आयोग, आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश, भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालयका नरेन्द्र कुमार रानालाई लोक सेवा आयोग, अर्थ मन्त्रालयका टोक राज पाण्डेलाई गृह मन्त्रालय, रितेश कुमार शाक्य र टंक प्रसाद पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अर्जुन भण्डारीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ, कोशी प्रदेशका प्रदेश सचिव लक्ष्मी प्रसाद भट्टराईको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशकी प्रदेश सचिव नीता पोखरेल अर्यालको निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका डा.नारायण प्रसाद रेग्मीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढाको सुरक्षा परिषद् सरुवा गरिएको छ ।
नवराज ढुंगानालाई प्रदेश प्रमुखको कार्यालय, सुदूर पश्चिम प्रदेश र नारायण प्रसाद भट्टलाई सतर्कता केन्द्रमा सरुवा गरिएको छ । रक्षा मन्त्रालयका सहसचिव लीला प्रसाद शर्मालाई गृह मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव पुष्कर न्यौपानेलाई प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका रहेका शंकर नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीमा सरुवा गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय पठाइएको छ । परराष्ट्र मन्त्रालयका ईश्वरराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशको प्रदेश सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका प्रदेश सचिव निराजन घिमिरेलाई राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पुष्पराज शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश सरुवा गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हेमराज तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक नेपाललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रकाश दाहाललाई सोही मन्त्रालयमा सरुवा गरिएको छ । पर्यटन विभागका महानिर्देशक रुद्र प्रसाद पण्डितलाई राष्ट्रिय योजना आयोग, वैदेशिक रोजगार कार्यालयका रामकृष्ण लामिछानेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ल्याइएको छ ।
निर्वाचन आयोगका रघुराम विष्टलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशका प्रदेश सचिव ऋषिराम तिवारी गृह मन्त्रालय, निर्वाचन आयोगका सहसचिव रमेश ढकाल गृह मन्त्रालय, गृह मन्त्रालयका भूपेन्द्र थापा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका शिवराम पोखरेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, हुलाक सेवा विभागका ज्ञानहरि घिमिरेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा रहेका प्रदीप कुमार कोइरालालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई राष्ट्रिय सूचना आयोग, गृह मन्त्रालयका सूर्य बहादुर खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवालीलाई राष्ट्रिय योजना आयोग वा खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङमा अनिश्चिकालीन निषेधाज्ञा जारी, जुलुस र प्रदर्शन गर्न नपाउने
फागुन ११, २०८१ आइतबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
फागुन ११, २०८१ आइतबार
गोकर्णेश्वर नगरपालिकाको नेतृत्वमा बागमती सफाइ, २ मेट्रिक टन फोहर व्यस्थापन
फागुन ११, २०८१ आइतबार
'केपी ओली कप' फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
फागुन ११, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ११, २०८१ आइतबार
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
फागुन ११, २०८१ आइतबार
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
फागुन ११, २०८१ आइतबार
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
फागुन ११, २०८१ आइतबार