जिपी कोइराला अस्पताललाई तीन सय शय्याको बनाउन ‘डीपीआर’
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १६:२५:७
३२ साउन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नति गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्यबमोजिम ड्रीपीआर तयार गरिएको हो ।
सहरी विकास मन्त्रालय भवन विभागको सहयोगमा तीन सय शय्या क्षमताको डिपिआर तयार गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई बुझाइएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो ।
देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोही अनुरूप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको डा. श्रेष्ठले बताए ।
डीपीआर तयार नभएकाले थप काम अगाडि बढ्न नसकेको अवस्थामा अब डीपीआर तयार भइसकेकाले काम अगाडि बढ्ने श्रेष्ठको भनाइ छ । श्रेष्ठका अनुसार अस्पताललाई एक हजार शय्याको बनाउने लक्ष्य छ । अब मन्त्रालयको सहयोगमा अस्पताल निर्माणका लागि स्रोत जुटाउने तयारी थालिएको छ । यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयमार्फत भारतीय दूतावाससमक्ष प्रस्ताव अघि बढाइएको छ ।
यही साउन २१ गते तनहुँ आउनुभएका बेला स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पौडेलले अस्पतालको निरीक्षण गर्दै उपचार केन्द्रलाई विशिष्टिकृत अस्पतालका रुपमा विकास गर्नुपर्ने बताउनुभएको थियो । पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी देशकै एकमात्र विशिष्टिकृत अस्पतालमा हाल त्यहाँ ५० ‘जनरल वार्ड’ छन् । जसका कारण श्वासप्रश्वासका बिरामीको उपचार हुन सकेको छैन ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले वि.सं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व वि.सं २०७५ मा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्त भइसकेको छ ।
अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामीहरु नियमित आउने गरेका छन् । उपचार केन्द्रले स्वास्थ्य सुविधा थप गर्दै लगेको छ । जनतालाई सहज रुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार डा श्रेष्ठले बताए ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, ‘जनरल सर्जरी’, ‘इन्टरनल मेडिसिन’ सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडीबाट ‘कल्चर’ सेवा पनि सुरु गरेको छ । अस्पतालमा बहिरङ्ग सेवा, चौबिसै घण्टा आकस्मिक सेवा, प्रयोगशाला, भिडियो एक्सरे, सामान्य शल्यक्रियालगायतका सेवा दिइरहेको छ । अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ ।
अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
गेटा अस्पतालको स्तरोन्नति गर्ने सरकारको सोच छ : स्वास्थ्य मन्त्री पौडेल
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
हुम्लाको खार्पुनाथमा औषधि अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार