नेपाली भाषा साहित्य संस्कृति र दर्शनको अनुसन्धान गर्ने सहमति
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार १९:४६:३५
३२ साउन, उत्तरप्रदेश । नेपाल प्रज्ञाप्रतिष्ठान र काशी हिन्दु विश्वविद्यालय वाराणसी भारतअन्तर्गत कला सङ्घ सङ्कायको भारतीय भाषा विभागबीच नेपाली भाषा साहित्य, संस्कृति तथा दर्शनको अध्ययन अनुसन्धान गर्नेसम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।
प्रतिबद्धतापत्रमा प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी र भारतीय भाषा विभाग प्रमुख प्राडा दिवाकर प्रधानले हस्ताक्षरण गरेका छन् । प्रतिबद्धतापत्रमा विमर्शसहितका कार्य गर्न नेपाली भाषा साहित्य दर्शनजस्ता नेपाली वाङ्मय र भारतीय नेपाली वाङ्मयबीच समय समयमा कार्यक्रम गर्ने सहमति भएको छ ।
नेपाली भाषाको श्रीवृद्धिका लागि अध्ययन अनुसन्धन र अनुवादका क्षेत्रमा सहकार्य गर्ने सहमति दुवै पक्षबीच भएको छ । प्रतिष्ठानले भारतीय भाषा विभागमा अध्ययनरत शोधार्थीका लागि यथाशक्य विद्वतवृत्ति प्रदान गर्ने र वृत्तिका माध्यमबाट भारतीय नेपाली भाषा र साहित्यबारे अध्ययन गर्न प्रोत्साहन गर्ने सहमति भएको छ ।
पशुपति वैदिक आश्रम गुरुकुल विद्यालय नवलपुरका प्रमुख सल्लाहकार धर्मराज बरालको सक्रियतामा दुवै पक्षबीच प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको हो । प्रतिबद्धतापत्रको साक्षीका रुपमा सम्पूर्णानन्द संस्कृति विश्वविद्यालय वाराणसीका प्राडा हरिप्रसाद अधिकारी, प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारी, भारतीय भाषा विभाग काशि विश्वविद्यालय नेपालपीठका प्रमुख डा मुकुन्द शर्मा रहेका छन् । प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर रुपमा नागरिक स्तरबाट अभियान चलाउने अभियानकर्मी बरालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन
मंसिर २८, २०८१ शुक्रबार
वायुसेवा सञ्चालक संघले खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने
मंसिर २८, २०८१ शुक्रबार