गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर हुनु आवश्यक छः डा कोइराला
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार २०:४६:३८
३२ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्न सके समस्या पहिचानका लागि बिरामीले अस्पताल जानुपर्ने बाध्यता अन्त्य हुने बताएका छन् । नोना कोइराला प्रतिष्ठान र केएचडीसीको प्राविधिक सहयोगमा मोरङको बुढीगङ्गा गाउँपालिका–७ स्थित डङ्ग्राहामा आज निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेता डा कोइरालाले जनताले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेकाले प्रतिष्ठानले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।
उनले भने, “जनताले गाउँघर मै स्वास्थ्य र शिक्षाको सहज पहुँच चाहिरहेका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले पनि जनताको चाहनालाई बुझेर गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ, यसले सामान्य बिरामीको तत्कालै उपचार हुन्छ भने जटिल र दीर्घरोगका बिरामीलाई तत्कालै अस्पताल जान सहयोग पुग्छ । त्यसैले यस्ता कार्यक्रम आवश्यक छन् ।”
प्रतिष्ठानले शिविरमा मिर्गौला, मुटु, मधुमेहलगायत रोगको परीक्षण गर्नुका साथै निःशुल्क रूपमा औषधि वितरण गरेको थियो । यस्तै इको, इसिजी, फोक्सो, उच्च रक्तचापसँग सम्बन्धित सबै किसिमको ल्याव सेवा प्रदान गरी जटिल समस्या देखिएका बिरामीलाई अस्पतालमा थप उपचारको व्यवस्था मिलाएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । उनले शिविरमा पाँच सयभन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण गरिएको र नेता डा कोइराला पनि आफैँ बिरामीको परीक्षण गर्न खटिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् ६ निर्णय
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार