कर्मचारीहरुले गरे हेटौंडा अस्पताल प्रशासनको कार्यकक्षमा तालाबन्दी
नेपालबहस संवाददाता
साउन ३२, २०८१ शुक्रबार २१:१०:६
३२ साउन, हेटौंडा । अस्पतालमा शुक्रवार अस्पतालका पुराना कर्मचारीहरूले प्रशासन प्रमुख र निमित्त अस्पताल निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । निमित्त अस्पताल निर्देशक श्रीधर आर्यालका अनुसार बिहीबार अस्पतालले अन्तरवार्तामा सफल उम्मेदवारहरूको नामावली प्रकाशन गरेको थियो। सोही नतिजाप्रति असन्तुष्ट भन्दै एक समूहले शुक्रवार तालाबन्दी गरेको हो ।
तालाबन्दी गर्नेमा अस्पतालका पुराना कर्मचारी जयराम रायमाझी लगायत ६/७ जना रहेको निर्देशक अर्यालले जानकारी दिए । रायमाझीले भने आफूहरूलाई नियोजित रूपमा अस्पतालबाट निकाल्न खोजिएको आरोप लगाएका छन् । उनले नयाँ कर्मचारी भर्नाका लागि भएको अन्तर्वार्ता पछि प्रकाशित नतिजाप्रति असन्तुष्ट रहेको बताए ।
राईमाझीका अनुसार उनीहरू साढे दुई वर्षदेखि अस्पतालमा कार्यरत छन्। “अहिले आएर नयाँ कर्मचारी भर्ना भन्दै अन्तर्वार्ताबाट नियोजित रूपमा हामीलाई हटाउने काम भएको छ,” उनले भने। उनको माग छ कि सूचना सच्याइनुपर्छ र हाल काम गरिरहेका कर्मचारीहरूलाई प्राथमिकता दिइनुपर्छ। रायमाझीले आफूहरूको मागको सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा उत्रने तयारीमा रहेको समेत बताए । तर अस्पतालले प्रक्रिया अनुसार नै नतिजा सार्वजनिक गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार