विजय भण्डारीलाई सोधपुछका लागि प्रहरी पुगेपछि पशुपतिमा तनाव
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार ८:४२:४६
१ भदौ, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा एक महिनादेखि सञ्चालित ‘कोटिहोम’ को अन्तिम दिन शुक्रबार प्रहरी प्रवेश गर्दा तनाव सिर्जना भयो । कोटिहोमका मुख्य आयोजक विजय भण्डारीसँग सोधपुछका लागि पुगेका पुगेका प्रहरीमाथि उनका समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको थियो । त्यहाँ उपस्थित केही व्यक्तिले सादा पोशाकको प्रहरीमाथि हातपात समेत गरेका थिए ।
प्रहरी पुगे लगत्तै आयोजक भण्डारीले फेसबुक लाइभ गर्दै प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको भन्दै आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका थिए । साथै उनका समर्थकहरूले सरकार र प्रहरी विरुद्ध चर्काे नाराबाजी गरेका थिए भने आयोजक भण्डारीले देशको अवस्था बङ्गलादेशजस्तो बनाइदिने भनेर भड्काउ अभिव्यक्ति दिएका थिए । भण्डारीलाई पक्राउ गर्न गएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो ।
यता काठमाडौं प्रहरीले भने भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको बताएको छ । उनलाई पक्राउ गर्न नभई सोधपुछका लागि मात्र गएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए । रजौरेका अनुसार भण्डारीले प्रहरीबाट लिएको चारित्रक प्रमाणपत्रका विषयमा प्रहरीले सोधपुछ गर्न चाहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार