सोलुखुम्बुको थामे बाढीः रक्षामन्त्रीसहितको टोली खुम्बु पुगेर प्रभावित क्षेत्रको गर्यो अनुगमन
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १०:५८:४२
१ भदौ, काठमाडौं । रक्षामन्त्री नेतृत्वको टोली सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रमा पुगेर अनुगमन गरेको छ ।
त्यहाँको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा टोली गएको हो । टोलीमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहित छन् ।
थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्याएको छ । बाढीबाट निजी भवन, होटेल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ ।
रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा शनिवार बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए ।
बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार
एयर बेलुनबाट दृश्यावलोकन
मंसिर ७, २०८१ शुक्रबार
काँडे भ्याकुर ‘स्पाइनी ब्याबलर’
मंसिर ७, २०८१ शुक्रबार