टर्कीको संसदमा सत्ता पक्ष र विपक्षी सांसदबीच हानाहान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १२:३५:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/takri_fJcbqcQ1pQ_Ml7TtaCfEq.jpg)
१ भदौ, काठमाडौं । टर्कीको संसदमा भीषण झडप भएको छ । संसद्को भिडियोमा सांसदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेको देखिएका छन् । यो झगडा करिब ३० मिनेटसम्म चलेको थियो । जसमा तीन विपक्षी सांसद घाइते भएका छन् ।
एक विपक्षी सांसदले टर्कीका राष्ट्रपति एर्दोगानको पार्टीलाई आतंकवादी संगठन भनेपछि संसदमा झडप भएको थियो । त्यसपछि एर्दोगनको एकेपी पार्टीका एक नेताले विपक्षी नेता अहमद सिकमाथि हमला गरेका थिए । झगडा चर्किएपछि र सांसदहरूले एकअर्कालाई मुक्का प्रहार गर्न थालेका थिए । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
शुक्रबार टर्कीको संसदमा विशेष सत्रको बैठक बसेको थियो । यसमा सांसद केन अटलेको चर्चा चलिरहेको थियो । अटालेले सन् २०१३ मा एर्दोगान सरकारको विरोध गरेका थिए, जसमा धेरै हिंसा भएको थियो। यसपछि अटाले पक्राउ परेका थिए । अटाले सन् २०१३ देखि जेलमा छन् । उनलाई सन् २०२२ मा १८ वर्षको जेल सजाय सुनाइएको थियो ।
गत मे महिनामा भएको निर्वाचनमा अटाले विजयी भएका थिए । उनी वामपन्थी टीआईपी पार्टीबाट सांसद बने । यसपछि एर्दोगनको पार्टीले अटालेको संसदको सदस्यता खारेज गर्ने विधेयक ल्यायो । यो निर्णयलाई अदालतमा पुनरावेदन गरिएको थियो । अगस्ट १ मा, टर्कीको सर्वोच्च अदालतको निर्णय आयो जसमा संसदको निर्णयलाई उल्टाइएको थियो । अटाले फेरि सांसद बने । अदालतले उनको सांसदको रूपमा सबै अधिकारहरू पुनर्स्थापित गर्यो ।
अदालतले अटलेलाई जेलबाट रिहा गर्न पनि आदेश दिएको छ । वास्तवमा अटाले जेलमा रहेका कारण आफ्नो क्षेत्रमा काम गर्न नसकेको भन्दै अदालतमा निवेदन दिएका थिए । उनी आफ्नो संसदको कार्यकाल पूरा गरेपछि फेरि जेल जानेछन् । उनको मागलाई अदालतले स्वीकार गरेको छ ।
अदालतको यो निर्णयमाथि संसदमा बहस चलिरहेको थियो । अटालेको आफ्नै पार्टीका नेता अहमद सिकले भाषण दिइरहेका थिए । उनको भनाइले संसदमा हंगामा सुरु भयो । झडपका कारण संसदको बैठक अवरुद्ध भयो । तीन घन्टाभन्दा बढीको ब्रेकपछि बैठक पुनः सुरु भएको थियो । एर्दोगानको पार्टी विरुद्धको बयानका लागि स्पिकरले विपक्षी दलका नेता सिकलाई हप्काए ।
सभामुखले सिकमाथि आक्रमण गर्ने नेताहरुलाई पनि गाली गरे । झगडामा संलग्न दुवै सांसदलाई प्रतिबन्ध लगाउन भनिएको छ । मुख्य विपक्षी पार्टी सीएचपीका प्रमुख ओज्गुर ओजेलले हिंसाको निन्दा गरेका छन् । संसदमा यो सबै भइरहेको देख्दा आफूलाई लाज लागेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
अमेरिकामा निर्मित ‘भारी’विस्फोटक पदार्थको पहिलो खेप इजरायल आइपुग्यो
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार