भारतले तेस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ आयोजना गर्दै
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १३:१:२३
१ भदौ, काठमाडौं । भारतले आज ’भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन’ 'भिओजिएसएस' को तेस्रो संस्करण आयोजना गर्नेछ । यो सम्मेलन भारतको ’वसुधैव कुटुम्बकम’ को दर्शनमा आधारित कार्यक्रम हो।
यो शिखर सम्मेलन प्रधानमन्त्री नरेन्द्र मोदीको ‘एकसाथ, सबैको विकास, सबैका विश्वास र सबैका प्रयास’ दृष्टिकोणको विस्तारित रुप रहेको विदेश मन्त्रालयले यस हप्ताको सुरुमा एक विज्ञप्तिमा जनाएको थियो ।
यस सम्मेलनले विश्वव्यापी मुद्दामा आफ्नो विचार र प्राथमिकता एकअर्कासँग साटासाट गर्न ग्लोबल साउथका सबै राष्ट्रलाई एकसाथ ल्याउने परिकल्पना गरेको छ ।
“दिगो भविष्यका लागि एक सशक्त ग्लोबल साउथ” को नारासहित आयोजना हुन लागेको तेस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनमा विश्वलाई असर गर्ने जटिल चुनौतीहरू जस्तै द्वन्द्व, खाद्य र ऊर्जा सुरक्षा सङ्कट, जलवायु परिवर्तनको विषयमा छलफल हुनेछ ।
विदेश मन्त्रालयले हिजो ग्लोबल साउथका सबै देशलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रित गरेको बताएको छ। शिखर सम्मेलनमा विशेष गरी ग्लोबल साउथको क्षेत्रीय विकासमा चुनौती, प्राथमिकता र समाधानका लागि छलफल जारी राख्नेछन्।
भ्वाइस अफ ग्लोबल साउथ सम्मेलनको तेस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिनेछ । उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख–सरकार तहमा हुनेछ र प्रधानमन्त्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नेछन् ।
भारतले सन् २०२३ को जनवरी १२–१३ मा पहिलो र सन् २०२३ नोभेम्बर १७ मा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ सम्मेलन आयोजना गरेको थियो । यस सम्मेलनका अघिल्ला दुवै संस्करणहरूमा ग्लोबल साउथका १०० भन्दा बढी देशहरूको सहभागिता रहेको थियो ।
यी दुई शिखर सम्मेलनमा विकासोन्मुख देशका नेताहरूबाट प्राप्त सुझाव र प्रतिक्रिया गत वर्ष भारतको अध्यक्षतामा जी–२० शिखर सम्मेलनको एजेन्डा र छलफलमा प्रतिबिम्बित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
ढोलठानमा आन्तरिक पर्यटक
पुष १, २०८१ सोमबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
दुर्गम पलाँतामा टेलिकमको टावर सञ्चालन
पुष १, २०८१ सोमबार
पूर्वमेयर सिंहको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली
पुष १, २०८१ सोमबार
काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
पुष १, २०८१ सोमबार