‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १६:५७:०
१ भदौ, काठमाडौं । आगामी असोज २४ गते अर्थात् दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘१२ गाउँ’को एक्सन प्रधान टिजर सार्वजनिक गरिएको छ । अभिनेता विराज भट्ट र उनका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत भएका छन् । विराजको ‘भ्वाइस ओभर’बाट सुरु भएको टिजरमा समीरलाई योद्धाको रुपमा चित्रित गरिएको छ ।
टिजर हेर्दा फिल्मले बदलाको कथा उठाएको बुझ्न सकिन्छ । गाउँको पृष्ठभूमिमा कथा भनिएको छ । विराज र समीर दुवै एक्सनमा छरितो देखिन्छन् । तर, टिजरमा समीरको संवाद छैन । उनले यही फिल्मबाट डेब्यु गरेका हुन् । लामो समय भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका उनलाई अबको एक्सन स्टारको रुपमा हेर्न थालिएको छ । अब उनले फिल्म ‘बलिदान’मा काम गर्दैछन् ।
विराज स्वयंको निर्देशन रहेको ‘१२ गाउँ’मा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, भिष्म जोशी, तारा शर्मा, शुलेमान शंकर ९इकु०, किशोर भट्ट, सन्तोष सरकार, स्टन्ट सिल्भा ९साउथ फिल्मका चर्चित कलाकार० लगायतको पनि अभिनय रहेको छ ।
यसमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । फिल्ममा साउथका स्टन्ट सिल्भाको द्वन्द्व निर्देशन छ । उनलाई शंकर महर्जनले सघाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘एक्टरस् टेक वन’को ग्रान्ड प्रिमियर सम्पन्न ( फोटो फिचर )
माघ १५, २०८१ मंगलबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा
माघ ११, २०८१ शुक्रबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार