यस्तो बन्यो फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत छड्के सलाम ( हेर्नुस भिडियो )
नेपालबहस संवाददाता
भदौ १, २०८१ शनिबार १६:५९:२२
१ भदौ, काठमाडौं। आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ । यस फिल्मको ‘बिहे गर्ने कि नगर्ने रु’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् ।
जयन जे वाइबाको शब्द रचना तथा संगीत रहेको गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन छ । प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरुको नृत्य रहेको छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।
यो फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिम्पोङमा गायक दीपक बज्राचार्यको कन्सर्ट हुँदै
माघ १४, २०८१ सोमबार
के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
माघ ११, २०८१ शुक्रबार
गायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार